उद्धब सिंह धामी
दार्चुला, माघ १५ : शैल्यशिखर नगरपालिका १ बलाचमा रहेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिटको परीक्षण उत्पादन बिहीबारबाट सुरु हुने भएको छ ।
पहिलो युनिटबाट १५ मेगावाट उत्पादन गरिरहेको आयोजनाको दोस्रो युनिट परीक्षण गर्न लागिएको हो । दोस्रो चरणमा १५ मेगावाट विद्युत् प्रणालीमा जोड्न ‘लोड रिजेक्सन टेस्टिङ ९प्रारम्भिक परीक्षण०’ सुरु गर्ने तयारी भइरहेको आयोजना प्रमुख अजयकुमार दाहालले बताए । उनका अनुसार परीक्षण सफल भए रिलायविलिटी टेस्टिङ गरिने छ ।
परीक्षण सुरु भएको २ सातामा व्यवसायिक उत्पादन सुरु हुने आयोजनाले जनाएको छ । दुई वटा युनिट सञ्चालन भएपछि दैनिक ६ घन्टा ९ बिहान र साँझ ६ देखि ९ बजे० पूर्ण क्षमतामा ३० मेगावाट विद्युत उत्पादन हुने दाहालको भनाई छ ।
पुस अन्तिम साताबाट सञ्चालन भएको पहिलो युनिटले अहिले माग बढी हुने बिहान र साँझको ३ र ३ घन्टा १५ मेगावाट र अन्य समयमा १० देखि १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको पनि उनले बताए ।
दार्चुलामा निर्माण सम्पन्न ३० मेगावाटको आयोजनामा १५ मेगावाट क्षमताका दुई वटा युनिट राखिएको छ । निर्माण सुरु भएको झण्डै ११ वर्षपछि चमेलिया पूर्ण क्षमताका सञ्चालन हुन लागेको हो ।
Comments are closed.