Nepal's First Video FM

चितवन २ : रवि लामिछाने ७ हजारभन्दा बढी भोटले अगाडि

43

काठमाडौं । चितवन–२ मा सहजै जित्ने चर्चा भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अग्रता लिइरहेका छन्।

पछिल्लो मत परिणामअनुसार २७ हजार ४ सय ९४ मत गन्दा रवि लामिछाने ७ हजार ३ सय ९२ भोटले अगाडि छन्।

उनले १३६४१ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ६२४९ मत ल्याएका छन्।

यहाँ नेपाली काग्रेसका उमेश श्रेष्ठ तेस्रो स्थानमा छन्। उनले ५९३५ मत ल्याएका छन्।

You might also like

Comments are closed.