Nepal's First Video FM

काठमाडौं उपत्यकामा घण्टीको ह्याट्रिक – गणेश पराजुली, सोविता गौतम, विराजभक्त श्रेष्ठ विजयी

32

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो जित निकालेको छ,जित निकाल्दै प्रतिनिधिसभाको ३ सिट स्वतन्त्र पार्टीले सुरक्षित गरेको छ।

काठमाडौं ७ मा सो पार्टीबाट उम्मेदवार बनेका गणेश पराजुली विजयी भएका हुन्। उनले नेकपा एमालेका श्याम घिमिरेलाई पराजित गरेका हुन्। उता, सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी मानुषी यमि भट्टराई भने तेस्रो स्थानमा सीमित भएकी छिन्।

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन् । २७ वर्षीया गौतम आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी भएकी हुन् । गौतमले १५२२९ मत पाएकी छन् । उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११५५५ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल ११४१४ मतका साथ तेस्रो स्थानमा रहँदा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती चौथो स्थानमा छिन् । उनले ९४४८ मत ल्याइन् ।

काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाएका छन् । एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयउन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाएका छन् ।

You might also like

Comments are closed.