Nepal's First Video FM

बसभित्रै कञ्चनपुरका ५० वर्षीय थापा मृत भेटिए

433

चैत १४, कञ्चनपुर महाकाली नगरपालिका–१ कञ्चभोजका ५० वर्षीय सुशील थापा बुधबार बसभित्रै मृत फेला परेका छन् ।

कास्कीको पोखराबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८८४९ नं को बसभित्र उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकोे अर्जुनी चेकपोष्टमा बसको बोनटमा सुतेका थापा चेकजाँचका क्रममा नउठेपछि प्रहरीलाई खबर गरिएको थियो । थापा कास्कीको पोखरास्थित विद्युत् गृहमा मजदुरका रुपमा काम गरी घर फर्कंदै थिए ।

मृतक थापासँगै उनका दुईजना आफन्तसमेत रहे पनि मृत्यु भएको उनीहरुले समेत थाहा पाएका थिएनन् । थापा लामो समयदेखि क्षयरोगले ग्रस्त रहेको प्रहरीको भनाइ छ । शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.