Nepal's First Video FM

रेशम चौधरीको विरासत जोगाईन कैलालीमा पत्नी रञ्जिताले : १२ हजार भन्दा मत बढी ल्याएर विजयी

26

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर-१बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् । अघिल्लो पटक रेशम चौधरी निर्वाचित भएको क्षेत्रमा यो पटक पत्नी रञ्जिता फराकिलो मतान्तरका साथ विजयी भएकी छन् ।

कैलाली १ मा नागरिक उन्मुक्तिको पार्टीबाट उम्मेदवार बनेकी रञ्जिताले १२ हजार ३२३ मतान्तरसहित जित हात पारेकी हुन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार भएका कांग्रेसका पूर्वमन्त्री रामजनम चौधरीलाई पराजित गरिन् ।

रञ्जिताले ३० हजार ४०४ मत पाउँदा रामजनम १८ हजार ८ मतमा रोकिए । नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले ५ हजार ९१० मत ल्याएर तेस्रो बने ।

यो मत अघिल्लो पटक रेशमले पाएभन्दा ४ हजारमात्रै कम हो ।

You might also like

Comments are closed.