Nepal's First Video FM

यस्तो छ; मुख्यमन्त्री पोखरेलको व्यक्तिगत वेभसाइट र मोबाइल एप्स !

608

चैत १४, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो वेबसाइट र मोबाइल एप्स सार्वजनिक गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पोखरेलले वेबसाइट र मोबाइल एप्स सार्वजनिक गरे ।

प्रदेश सरकारमा सुशासन कायम गर्न र आफ्ना काम कारवाहीलाई पारदर्शी एवं उत्तरदायी बनाउने उद्देश्यले वेबसाइट र मोबाइल एप्स बनाइएको मुख्यमन्त्री पोखरेलले बताए ।

‘वेबसाइट र एपले प्रदेशवासी र मुख्यमन्त्रीको बीचमा एउटा गतिशील पुलको काम गर्ने छ भन्ने हामीले विश्वास लिएका छौं’ उनले भने, ‘सही तथा भरपर्दो प्रयोगले नागरिकले स्वतःस्फुर्त रुपमा विकासका गतिविधिहरुको अनुगमन तथा मुल्याङ्कन गर्न सक्नेछन् ।

नागरिक शासन प्रणालीलाई पारदर्शी र गतिशील बनाउन बल पुग्नेछ ।’ मुख्यमन्त्री सम्बद्ध गतिविधिहरु तत्काल पाउनुका साथै दोहोरो संवाद गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

साथै मुख्यमन्त्रीसँग भेटघाटका लागि अनलाइनबाट समय लिने व्यवस्था गरिएको छ । यस्तै शंकर पोखरेल एप छ । यो हाल एन्डरोइड संस्करणमा उपलब्ध छ । एपमा पनि वेबसाइटमा जस्तै सबै बिषयवस्तु संलग्न गरिएको छ ।

साभार अनलाइन खबर

You might also like

Comments are closed.