काठमाडौं । मंसिर ४ को आमनिर्वाचनको परिणाम आइनसक्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच संवाद सुरु भएको छ।
एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर अघि बढ्न आग्रह गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई टेलिफोन गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् ।
‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं,’ ओलीले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय नै छन् ।’
स्रोतका अनुसार ओली यो निर्वाचनको नतिजाबाट अलिक चिन्तित मुद्रामा देखिएका छन्। ओलीले मिलेर जाने विषयमा कुरा गरे पनि प्रचण्डले अलिक पछि कुरा गरौँ भनेका छन्।
‘प्रचण्डले अलिक पछि कुरा गरौँला भन्नु भएको छ’, स्रोतले भन्यो, ‘चुनावी नतिजा अलिक चिन्ताजनक आएको ओलीले दोहोर्याउनु भएको छ। यो परिणामले देशलाई अस्थिरतातिर लाने उहाँको सरोकार थियो।’
Comments are closed.