चैत १४, युवा पुस्ताकी चर्चित नायिका केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
चलचित्रमा नायिका केकी अधिकारीसहित, प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामांग, रविन्द्र झा, बिनोद न्यौपाने र बाल कलाकार कुशाग्र भट्टराई लगायतको अभिनय रहेको छ ।
यस्तै, अर्जुन पोखरेल, राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको संगीत छ भने सुगम पोखरेल, अन्जु पन्त, मेलिना राई लागायतको स्वर रहेको छ ।
केहि महिना अगाडी सार्वजनिक भएको पहिलो गीत ‘सिओडब्लु काउ…’ धेरै भन्दा धेरै दर्शक श्रोताको मन जितेको थियो । किसिमको कथालाई कमेडी तरिकाले समेटिएको पाइन्छ ।
उक्त चलचित्रको कोरियोग्राफीमा गम्भीर विस्ट र विशाल भण्डारीको निर्देशन छ । एक्सप्रेस’को निर्माणमा भद्र बहादुर भुजेल, देवीलाल न्यौपाने र शिव प्रसाद चौंलागाईंले केकीसँग सहकार्य गरेका छन् ।
केकी अधिकारीको होम प्रोडक्शन जुनकिरी आर्टसबाट निर्माण गरिएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ आउदो बैशाख १४ गतेबाट देशभर प्रदर्शनमा आउदैछ ।
Comments are closed.