चैत १५, प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक बिहिबार बस्दैछ । बैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी विधेयक प्रस्तुत हुँदैछ ।
दिउँसो एक बजे बस्ने बैठकमा प्रदेश सरकारले विधेयकमार्फत उनीहरुको सुविधा तोक्ने तयारी गरेको हो । यसको मस्यौदा २ साताअघि नै सांसदहरुलाई उपलब्ध गराइएको थियो ।
प्रदेश ५ मा ४ उपमहानगर, ३२ नगर र ७३ गाउँपालिका छन् । मस्यौदामा जिल्ला समन्वय समितिका प्रमुखलाई ४१ हजार उपप्रमुखको ३६ हजार मासिक सुविधा प्रस्ताव गरिएको छ ।
उप–महानगरपालिकामा प्रमुखको ४०, उपप्रमुखको ३५ र वडाअध्यक्षको ३० हजार तथा नगरपालिकाका प्रमुखको ३५ हजार उपप्रमुखको ३० हजार र वडा अध्यक्षको २५ हजार सुविधा छ ।
गाउँपालिकाको हकमा भने अध्यक्षले ३०, उपाध्यक्षले २५ र वडाअध्यक्षले मासिक २० हजार पारिश्रमिक सुविधा पाउने प्रस्ताव छ । आजकै बैठकमा ४ संसदीय समितिको नाम समेत टुंगो लगाउने कार्यसूची रहेको प्रदेश सचिव मानबहादुर विश्वकर्माले बताए ।
Comments are closed.