चैत १५, अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा न ४ नुगालीटोलका ब्रेन ट्यूमर विरामीलाई उपचारको लागि सहयोग गर्न युवाहरूले भुवन रिजाल बचाउऔँ अभियान सुरु गरेका छन् । यज्ञ पोखरेलको संयोजकत्वमा सहयोग अभियान चलाएका हुन । अभियानका संयोजक यज्ञ पोखरेलले भने ‘ सहयोगको लागि आग्रह गरेपछि हाम्रो सानो सहयोगले ऊनले नयाँ जीवन पाउन भन्ने उद्देश्य ले अभियान सुरु गरेका हौ । उनले सेवा नै धर्म हो भन्ने हेतुले कोरियामा रहेका नेपालीहरूलाई सहयोगको लागि आग्रह गरे ।
ब्रेन ट्युमर जस्तो गम्भीर रोगबाट थला परेपछि उपचार खर्च पनि महङ्गो अनि आर्थिक स्थिति पनि कमजोर भएका कारण सहयोग का लागि बिरामी स्वयम् र परिवार ले समेत सहयोग को अपिल गरेका थिए । बिरामी रिजाल विगत केही दिन देखि काठमान्डौं स्थित ट्रमा सेन्टरको बेड न ५२४ मा उपचार गराइरहेका छन् ।
Comments are closed.