Nepal's First Video FM

मलाला स्वदेश फर्किईन्

901

चैत १५, विश्व प्रसिद्ध नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी अभियन्ता मलाला युसुफजई आफूमाथि भएको आक्रमणपछि पहिलोपटक स्वदेश फर्किएकी छन् ।

महिला शिक्षा तथा बालअधिकारका क्षेत्रमा अभियान चलाउँदै आएकी मलालामाथि सन् २०१२ मा तालेवान बिद्रोहीले टाउकोमा गोली हानेका थिए । त्यसयता बेलायतमा रहँदै आएकी मलाला पहिलोपटक पाकिस्तान पुगेकी हुन् ।

पाकिस्तानमा रहँदा उनले प्रधानमन्त्री शाहिद खाकान अब्बासीसँग भेट गर्नसक्ने आकंलन गरिएको छ । यद्यपी सुरक्षाको लागि भन्दै मलालाको भ्रमण तालिकालाई गोप्य राखिएको बीबीसीले जनाएको छ । उनले स्वात उपत्यकाको भ्रमण गर्ने/नगर्ने बारेपनि केही खुलाइएको छैन ।

पाकिस्तानको स्वात उपत्यकामा तालिबानी लडाकूले बालिकाहरुलाई विद्यालय जान प्रतिबन्ध लगाएको समयमा महिला तथा शिक्षाको लागि वकालत गरेको भन्दै उनीमाथि आक्रमण भएको थियो । सो आक्रमणमा उनको कन्चटमा गोली लागेको थियो ।

त्यसयता उनी बेलायतको बर्मिङघममा बस्दै आएकी छिन् । पछिल्लो पटक बेलायत सरकारले नै उनको उपचार र शिक्षाको जिम्मेवारी लिएको छ । मलाला नोवेल शान्ति पुरस्कार जित्ने हालसम्मकै कम उमेरकी व्यक्ति हुन् ।

You might also like

Comments are closed.