चैत १५, निर्वाचनको समिक्षाका लागि काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आज पनि जारी छ । पार्टीको सुवेच्छुक संगठन नेपाल ट्रेड युनियन काँग्रेसको देशभरी अधिवेशन भएकाले हिजो नबसेको बैठक आज फेरी बसेको हो ।
बैठक विहान नौ बजबाट शुरु भएको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो । गत ९ गतेबाट जारी बैठकमा अहिले सम्म २३ जनाले मात्रै बोलेको र केन्द्रीय समितिको बैठकमा लगभग सवैले बोल्ने तयारी भएकाले बैठक अझै केहीदिन लम्बिने देखिएको हो ।
काँग्रेसको केन्द्रीय समिति ८५ सदस्यीय हुनुपर्ने भएपनि चार जना मनोनयन गर्न अझै बाँकी रहेकाले अहिले ८१ सदस्यीय केन्द्रीय समिति रहेको छ भने सात जना आमन्त्रीत केन्द्रीय सदस्य रहेका छन् ।बैठकमा संस्थान पक्ष र असन्तुष्ट पक्षले एक अर्काको चर्को आलोचना गर्दै आइरहेका छन् ।
साभार एन अार एन
Comments are closed.