Nepal's First Video FM

जापान र स्पेन अन्तिम १६ मा, जर्मनी लगातार दोस्रो पटक बाहिरियो

46

काठमाडौं । एसियन टिम जापान फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ। समूह ‘ई’ को आफ्नो अन्तिम खेलमा स्पेनलाई २-१ गोलले हराउँदै जापान अन्तिम १६ मा पुगेको हो।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा जापानसँग २–१ गोलको नतिजमा पराजित भएपनि स्पेन अन्तिम १६ प्रवेश गरेको हो । जापानले आफू १६ मा पुग्ने क्रममा दुई विश्व विजेतालाई हराउने इतिहास बनायो। यसअघि जापानले पहिलो खेलमा जर्मनीलाई पनि २-१ ले हराएको थियो। जापान अन्तिम १६ मा पुगेसँगै जर्मनी भने बाहिरियो।

अन्तिम १६ मा समूह विजेता जापानले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, स्पेनले मोरक्कोेसँग खेल्नेछ ।

You might also like

Comments are closed.