Nepal's First Video FM

विश्वकप: क्रोएसिया र मोरक्को अन्तिम १६ मा, बेल्जियम बाहिरियो

43

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘एफ’ बाट क्रोएसिया र मोरक्को अन्तिम १६ मा प्रवेश गरेका छन् ।

मोरक्कोले अन्तिम समूहको अन्तिम खेलमा क्यानडालाई २-१ गोलले हराउँदै समूह विजेता बनेर अन्तिम १६ मा स्थान बनाएको हो। यसअघि मोरक्कोले बेल्जियमलाई २-० गोलले हराउँदा क्रोएसियासँग गोलरहित बराबरी खेलको थियो।

पाँच अंक जोडेको क्रोएसियाले पहिलो खेलमा मोरक्कोसँग बराबरी खेल्दा दोस्रो खेलमा क्यानडालाई हराएको थियो।

चार अंक जोडेको बेल्जिम भने बाहिरियो। तेस्रो बनेको बेल्जियमले पहिलो खेलमा क्यानडालाई हराएको थियो। दोस्रो खेलमा मोरक्कोसँग हार्दा बेल्जियम निर्णायक तथा अन्तिम खेलमा क्रोएसियासँग बराबरीमा रोकियो।

You might also like

Comments are closed.