Nepal's First Video FM

अन्दाजी ६५ वर्षीय पुरुषको शव फेला

492

चैत १३, काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–१२ शंखुस्थित जंगलमा बिहिबार एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार बिहिबार बिहान वडा नं १२ स्थित पिप्लेतइजे भन्ने जंगलमा घाँस काट्न गएका महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेको र सो ठाउँमा प्रहरीको टोली पुगेर शवलाई परीक्षणका लागि अस्पताल लगिएको छ ।

“शवको प्रकृति हेर्दा करिब एक हप्ता जति अगाडिको जस्तो देखिन्छ” प्रहरी निरीक्षक शाहले भने, “अन्दाजी ६०/६५ वर्षको पुरुषको शवलाई बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।” घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.