महाकाली घटनाबारे रवि लामिछाने वक्तव्य – ‘दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौ हाम्रो पुस्तालाई स्वीकार्य छैन’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दार्चुलामा भारतको व्यवहारका कारण नेपालीले ज्यान गुमाउने र घाइते हुने भइरहँदा पनि सरकार निरीह भएको भन्दै आलोचना गरेका छन् । उनले यो निरीहता कहिलेसम्म भन्ने प्रश्न पनि गरेका छन् ।
सभापति लामिछानेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै विभिन्न घटनामा सरकार निरिह देखिएको बताएका छन्। उनले नेपाली राजनीतिमा नयाँ पुस्ताको आगमन भइसकेकाले अब भारतसँग नयाँ सिराबाट सम्बन्ध अघि बढाउनु पर्ने बताएका छन्।
लामिछानेले अगाडि भनेका छन्, ‘आफ्नो हक पाउनु भनेको कसैको बिरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कुटनीति बनाउन के ले रोक्छ सरकारलाई ? राज्य यस्तो हुनु हुदैन । सरकार अब यसरी चल्नु हुदैन । यो निरन्तरको निरिहताको अर्थ अब खोज्नुपर्छ ।’
Comments are closed.