Nepal's First Video FM

कांग्रेस बैठकमा फेरी बैठकमा एक अर्कालाई आरोप प्रत्यारोपको क्रम जारी ! पढ्नुहोस

499

– संघीय निर्वाचनको समीक्षा गर्न बोलाईएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा आरोप प्रत्यारोपको क्रम जारी छ । आज पाँचौ दिनको बैठकमा समेत नेताहरु निर्वाचनमा पार्टीले व्यहोरेको हारबारे एकअर्कालाई आरोप लगाउन व्यस्त भए ।

पार्टीले चुनावमा बेहोरेको हार केलाउदै आगामी ५ वर्ष भित्र पार्टीलाई पुन: एक नम्बर बनाउने रणनीति तय गर्न बोलाईएको बैठकमा संस्थान पक्ष र सो इतरका पक्ष एकअर्काविरुद्ध उत्रिएका छन् । गत चैत ९ गते देखि जारी केन्द्रीय समिति बैठकमा संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुवीच जुहारी चलिरहेको छ । पाँचौ दिनको आजको बैठकमा संस्थापन पक्षका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, महेन्द्र यादव र भिष्मराज आङद्म्बेले चुनावमा पार्टीले बेहोरेको हारलाई लिएर पार्टी सभापतिलाई मात्रै दोष दिन नमिल्ने भन्दै नेतृत्वको बचाउ गरेका छन् । बैठकमा रिजालले पार्टी पराजयको मुख्य कारण नै अन्तरघात रहेको बताउनुभयो ।

उहाँले पार्टी भित्र देखिएको अन्तर्रघातमात्रै रोक्न सके पार्टी जिवित रहन सक्नेतर्फ सवैलाई सचेत गराउनुभयो । अर्का नेता कार्कीले कांग्रेसले जनताको घर दैलो जान विर्सिएकै कारण पार्टीले लजास्पद हार बेहोरेको भन्दै उहाँले अबका दिनमा पार्टी जनताको घर दैलोमा केन्द्रीत रहनुपर्ने बताउनुभयो । यसअघि आफ्नो धारणा राखेका पौडेल पक्षीय केन्द्रीय सदस्यले निर्वाचनमा अप्रत्यासित हारको जिम्मेवारी सभापति देउवाले लिनुपर्ने भन्दै दबाब दिएका थिए । उनीहरूले नेतृत्वको कार्यशैली र कार्यक्षमतामाथी प्रश्न उठाउदै आएका छन् । निर्वाचन समिक्षाको अर्को बैठक भोलि विहान ११ बजे पुन: बस्ने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैकठलाई पहिलो पटक सम्वोधन गर्ने भएकाले केन्द्रीय समिति बैठक छोट्टाईएको नेताहरुले बताएका छन् ।ekantipur

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.