Nepal's First Video FM

अब नेपाल टेलिकमले पनि दिने भयो सापटी सेवा ! कसरि लिने सापटि पढ्नुहोस !

572

चैत्र १५, नेपाल टेलिकमले जीएसएम प्रिपेड ग्राहकका लागि घोषणा गरेको ‘नमस्ते क्रेडिट सेवा’ भोलि शुक्रबारबाट शुरु गर्ने भएको छ । गत माघ २२ गते एक समारोहका बीच यसको सफ्ट लञ्च भएपनि भोलिबाट ग्राहकले सेवा लिन पाउनेछन् ।

तर, ग्राहकलाई यो सेवा लिएबापत ब्याज वा कुनै शुल्क नलिने तयारी छ ।

टेलिकमले आफ्नो १४औं वाषिर्कोत्सवको अवसरमा यो सेवा सुरु भएको घोषणा गरेको थियो । भोलिबाट प्रिपेड कार्डबाहक ग्राहकले फोन गर्दा-गर्दै पैसा सकिएमा पनि क्रेडिट लिएर फोन गर्न सक्नेछन् ।

शुक्रबार सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले विहान १० बजे सेवाको थालनी गर्ने कार्यक्रम छ । अहिलेसम्म एनसेलले मात्रै सापटी दिने सेवा दिँदै आएको छ ।

यो योजनामा सापटीमा रुपमा कति रकमको सीमा राखिने भन्ने घोषणा भोलि नै हुनेछ । टेलिकमले ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काट्ने व्यवस्था गर्दैछ ।

कसरी सेवा लिने भन्ने विषय पनि उद्ङाटन कार्यक्रमै जानकारी दिइने टेलिकमले जनाएको छ । onlinekhabar

You might also like

Comments are closed.