Nepal's First Video FM

शान्ति र अमन चयन भड्काउने क्रियाकलाप हुदैछ ! केपी ओली

590

चैत्र १५ ,प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति र अमन चयन भड्काउने क्रियाकलाप सरकारका लागि स्वीकार्य नहुने चेतावनी दिनु भएको छ । विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा वारेन्ट पत्र टाँसेको भोलिपल्टै प्रधानमन्त्री ओलीबाट यस्तो प्रतिक्रिया आएको हो ।

जैन धर्मका प्रर्वतक भगवान महाविरको २६ सय १७ औ जन्मदिवसको अवसरमा राजधानीको आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कसैले आफ्नो स्वार्थ, अहम् र जिद्धिका लागि बनाएको सिद्धान्त र तीनका क्रियाकलाप सरकारलाई स्वीकार्य नभएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले देशमा शान्ति कायम गर्न हरेक व्यक्तिको उत्तिकै सहयोग आवश्यक पर्ने बताउनु भयो । समाजलाई शान्तिपूर्ण गोरेटोमा हिँडाउन महावीर जैनको महत्वपूर्ण भूमिका रहेको प्रधानमन्त्रीको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापाले केही दिनयता नियतबस जातजाति र धर्मका नाममा उत्तेजित पार्ने काम भइरहेको भन्दै सरकारले समयमै यस्ता दुश्प्रयासलाई रोक्नुपर्ने सुझाव दिनुभयो ।

You might also like

Comments are closed.