चैत्र १५,राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको बिदा कटौती नगर्न माग गरेका छन् ।
कृष्णजन्माष्टमी, रामनवमी, घटस्थापनालगायत बिदा कटौती गरी सरकारले बिदा नदिने गरेको निर्णयले हिन्दू धर्मावलम्बीको भावनामा गम्भीर आघात पु¥याएको राप्रपाका प्रवक्ता भुवन पाठकद्वारा आज जारीे विज्ञप्तिमा उललेख छ ।
मन्त्रिपरिषद्को बैठकले गरेको यस्तो निर्णयले परम्परागत मूल्य मान्यतालाई अवमूल्यन गरेको र सामाजिक सद्भाव खल्बलिन सक्ने, धार्मिक द्वन्द्व बढाउने खतरा रहेको जनाइएको छ ।
यसैगरी राप्रपा (प्र) का प्रवक्ता राजेन्द्र गुरुङले धर्म र आस्थासँग भावनात्मक सम्बन्ध भएका विभिन्न किसिमका बिदाले सांस्कृतिक एकतालाई जोडेको हुँदा सामाजिक एकतालाई बलियो बनाउन सहयोग पु¥याएका बिदा कटौतीमा पुनःविचार गर्न माग गर्नुभयो ।
एराप्रपा (राष्ट्रवादी) का उपाध्यक्ष तारानाथ लुईटेलले विभिन्न जाति तथा समुदायमा विभक्त नेपाली समाजलाई एकतावद्ध गर्न राष्ट्रिय एकता दिवसले सहयोग पु¥याएको बताउँदै दीर्घकालसम्म गहिरो प्रभाव पार्ने उक्त निर्णयलाई सञ्चाउन सरकारलाई आग्रह गर्नुभयो । रासस
Comments are closed, but trackbacks and pingbacks are open.