Nepal's First Video FM

के हो धर्म ? किन हुन्छ धर्ममा विवाद? पढ्नुहोस्

522

अनलाइनखबर !धर्म जीवनको शाश्वत एवं सार्वभौम तत्व हो । स्वामी विवेकानन्दले भनेका छन्- ‘मानिसमा जुन स्वाभाविक शक्ति छ, त्यसकै अभिव्यक्ति धर्म हो ।’ धर्मको अर्थ हो- आत्मालाई आत्माकै रूपमा प्राप्त गर्नु, न कि जड पदार्थका रूपमा ।

भगवान् महावीरले भनेका छन्- ‘धर्म शुद्ध आत्मामा अडिन्छ र शुद्ध आत्माको दोस्रो नाम हो आफ्नो स्वभावमा रमाउनु तथा आफूले आफैंलाई हेर्नु ।’ वास्तविक धर्म भनेकै आफूसँग आप\mनो साक्षात्कार हुनु हो, आफूले आफैंलाई चिन्नु हो । धर्म नितान्त वैयक्तिक क्रान्ति हो तर विडम्बना के छ भने हामीले धर्मको वास्तविक स्वरूपलाई भुलेका छौँ । धर्मका विविध परिभाषा एवं विविध स्वरूप बनाएका छौँ । जीवनको असफलता एवं असफलताका लागि व्यक्ति स्वयंकै कृत्य जिम्मेवार हुन्छ । यिनै कृत्य एवं जीवनका आचरणलाई आदर्श बनाएर बाँच्नु तथा त्यसको नैतिकता-अनैतिकता, असल-खराब आदिलाई आफैंले विश्लेषण गर्नु नै धर्मको मूल स्वरूप हो ।

धर्मलाई भुल्नु वा त्यसको वास्तविक स्वरूपसँग अनविज्ञ रहनुकै परिणामस्वरूप मानिस हरेक क्षण दुःख एवं पीडामा बाँच्दछ, तनावको भारी बोक्छ, चिन्तालाई रोक्न सक्दैन, फाइदा-बेफाइदा, सुख-दुःख, हर्ष-विषाद आदिका साथ बाँचेर जीवनको अर्थलाई नै अर्थहीन बनाउँछ । ऊ असन्तुलित एवं आडम्बरपूर्ण जीवन बाँच्ने क्रममा आफ्नै जीवनलाई भार वा बोझ ठान्न थाल्छ जब कि यस्तो भाबाट मुक्त हुने उपाय उसैसँग र उसैभित्र छ । केवल आवश्यक छ- आफैंभित्र डुब्नु ।

जब-जब मानिस यसरी आफैंभित्र छिर्ने कोसिस गर्न थाल्छ तब उसलाई महसुस हुन्छ कि जीवन बहुमूल्य छ, श्रेष्ठ छ, आनन्दमय एवं आदर्श छ ।

जब-जब मानिस यसरी आफैंभित्र छिर्ने कोसिस गर्न थाल्छ तब उसलाई महसुस हुन्छ कि जीवन बहुमूल्य छ, श्रेष्ठ छ, आनन्दमय एवं आदर्श छ । तर जब यो महसुस हुन्छ कि श्रेष्ठताको विकासका लागि अझै पनि धेरै गर्न बाँकी छ तब यसको कारण आफैंलाई पहिचान गर्नमा कतै न कतै चुक भइरहेको छ । यसै कारण मानिस समस्याले घेरिएको छ ।
मानिसले सोच्नुपर्छ- म जे हुँ त्यसैलाई स्वीकृति दिऊँ, जो होइन त्यो कुराको अहं नपालूँ ।

आखिर आफूलाई आफूले भन्दा बढी कसले चिन्न सक्छ र, चिनेको हुन्छ र ? धर्मलाई भित्र नखोजेर बाहिर खोज्ने भूल गरिरहेका हुन्छौं हामी । जब कि धर्म त हाम्रो स्वभाव हो, तर हामी आफूलाई कहिले मन्दिर-मस्जिद, चर्च-गुरुद्वारा त कहिले सिद्धान्त, कर्मकाण्ड, रीतिरिवाज एवं परम्परामा खोजिरहेका हुन्छौँ । धर्मको महत्वपूर्ण लक्ष्य हो-सहीलाई सहीका रूपमा बुझ्नु र गलतलाई गलतकै रूपमै बुझ्नु । अर्थात् आफूलाई यथार्थ रूपमा बुझ्नु, सत्यलाई सत्य स्वरूपमा पहिचान गर्नु ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.