Nepal's First Video FM

शंकर बिसी संसारकै महान हुन् र?उनले माफी मागिसके पछि जातिय कमेन्ट गर्नु गलत हो?-प्रकाश ढकाल

715

चैत्र १६,अर्ना लोकदोहोरी प्रतियोगिताको पहिलो दिनमा काठमाडौं को भृकुटीमण्डपमा कार्यक्रममा शंकर बिसी नाचेर फर्कदा ड्रेस च्यान्जिङ रुमको अगाडि कुनै पत्रकार ले कसैसंग अन्तरबार्ता लिंदै गर्दा उनि माथी ठुलो आरोप आयो ।

सांस्कृतिक कार्यक्रम को संयोजक शंकर बिसी हतारमा थिए त्यही बेला पत्रकार ले अन्तरबार्ता लिदै गरेको अगाडी बाट झुक्किएर क्यामेराको अगाडी बाट बाटो काटेछन हतारमा भएको कारण त्यो नदेखेर उनले क्यामेरा अगाडि बाट बाटो काटेकोमा क्षमा याचना गरे , तर पत्रकारले उहाँ लाई धेरै नै इन्सल्ट तरिकाले हेरिरहे, उनमा २५ सौ बर्ष यो क्षेत्रमा सहयोग गरेको दिनको याद आयो अनि आवेशमा आएर केहि शब्द नराम्रो बोले ।

भोली पल्ट लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी , लोक दोहोरी गायक पुरुस्वतम न्यौपाने सहित पत्रकारहरुको अगाडी आफ्नो गल्तिलाई माफी मागे त्यो उनको सफल पक्ष हो गल्ती औल्याउनु र माफी माग्नु एकदम राम्रो हो। तर उनि माथी आएका तिजातीयताको कमेन्ट हरु गर्नु आपत्तिजनक छ । कसैको निधारमा जात भात लेखेको हुंदैन र कुनै पनि जातियतालाई लिएर गाली गलौज गर्न कसैलाई अधिकार छैन । यो सरासर गलत हो उनले गरेको गलत लाई उनलाई गलत भन्न सकिन्छ तर दलित भनेर कसैलाई गाली गर्न पाईदैन । मैले अस्ति पनि लेखेको हो उनिबाट केहि शब्द गलत आयो माफी मागिसके पछि आज उनलाई उनको जातलाई मुछेर भिडियो बनाउने समाचार लेख्ने यो बिल्कुल गलत हो । laligurash

You might also like

Comments are closed.