चैत १६, जाजरकोट—डोल्पा सडकखण्ड अन्तर्गत वैरीताल, चिसापानी बीचमा रहेको भेरी नदीमा निर्माण भएको पुलबाट लडेर घाइते भएका मजदूरको उपचारका क्रममा मृत्यु भएको छ ।
पुलबाट खसेर गम्भीर घाइते भएका बारा गढीमाई नगरपालिका–१५ का २५ वर्षीय सूर्य लामाको उपचारको क्रममा जाजरकोट अस्पतालमा बिहीबार राति मृत्यु भएको हो ।
चैत ११ गते पुल निर्माणको काम गर्दैगर्दा लामा लडेर घाइते भएका थिए । मृतक लामाको शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।
Comments are closed.