Nepal's First Video FM

विद्यालय गएका युवती चार दिनदेखि बेपत्ता !

578

१६ माघ, इलामको सूर्योदय नगरपालिका–८ घर भई हाल इलाम नगरपालिका–३ पुवामझुवामा आफन्तकहाँ बस्दै आएकी १६ वर्षीया समीक्षा बस्नेत ४ दिनदेखि बेपत्ता भएकी छन् ।

नेपालटार माविमा कक्षा ११ मा अध्ययन गरिरहेकी बस्नेत विद्यालयबाट नफर्किएपछि आफन्त र परिवारले खोजतलास गरे पनि हालसम्म पत्ता लाग्न नसकेको उनका फूपाजु लीलाबहादुर खत्रीले बताउनुभयो ।

धेरैतिर खोजतलास गरिए पनि उनी फेला पर्न नसकेपछि आफन्त र परिवारले सोमबार जिल्ला प्रहरी कार्यालयमा खोजिदिन आग्रह गर्दै निवेदन दिएका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.