Nepal's First Video FM

‘द भ्वाइस अफ नेपाल’ अब छिट्टै प्रसारण हुने

644

चैत्र १६, विश्व चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ कान्तिपुर एच डी टेलिभिजनबाट प्रशारण हुने भएको छ । कार्यक्रमका लागि एचडी टेलिभिजन नै हुनुपर्ने नियम भएकाले उक्त शो कान्तिपुर एचडी बाट प्रसारण हुने निश्चित भएको हो ।

असारबाट प्रसारण हुने कार्यक्रम भए पनि रसियामा हुन लागेको विश्वकप फूटबलका कारण शो साउनबाट प्रसारण हुने एएनसीका अध्यक्ष प्रह्लादसिंह महतले बताए । एएनसी प्रोडक्सन एजेन्सीले निर्माण गर्ने यस रियालिटी शोलाई ‘नेपाल आइडल’ निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् ।

फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशक रहने शोमा गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा निर्णायक छन् भने शुशील नेपालले होस्ट गर्दैछन ।

शोको विजेतालाई ‘भ्वाईस अफ नेशन’ घोषणा गरिनेछ । त्यस्तै २५ लाख नगद, नयाँ कार, २० लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा विश्व भ्रमणको समेत अवसर प्राप्त गर्नेछन् ।

You might also like

Comments are closed.