चैत १५, अर्घाखाँची को शितगंगा नगरपालिकाको दोस्रो नगरसभा गरी ऐन तथा नियमावली पारित गरेको छ । नगरसभाले संविधानले सेवाग्राहीको सुविधालाई ध्यानमा राखी विभिन्न विधेयक र निर्दे्शिका तथा कार्य्विधि पारित गरेको नगरप्रमुख सुर्यप्रसाद अधिकारीले जानकारी दिए ।
नगरसभाले सहकारी संस्थादर्ता तथा नियमनका लागि सहकारी विधेयक २०७४, कृषिलाई व्यवस्थित र प्रवद्र्धनका लागि कृषि व्यवसाय प्रवद्र्धन विधेयक २०७४, प्रशासकिय कार्यविधी नियमित गर्ने ऐन २०७४, नगरमा व्यवस्थित तरिकाले अनुगमनका लागी बजार अनुगमन निर्देशिका, आर्थिक कार्यविधी ऐन २०७४, स्थानिय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधी, पदाधिकारीहरुको आचार संहिता ऐन २०७४, नगरपालीका बैठक सञ्चालन कार्यविधी २०७४, नगरपालिका कार्य सम्पादन नियमावली २०७४ पारित परेको छ ।
त्यस्तै शितगंगा नगरपालिकाको कार्यालय राख्नका लागी ८ जनाबाट ५२ रोपनी जग्गा प्रदान भएको नगरपालिकाले जानकारी दिएको छ ।
Comments are closed.