Nepal's First Video FM

स्ववियु सभापतिसहित तीन जना बलात्कारी पक्राउ

598

पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापतिसहित ३ युवा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । बिहीबार कुश्मा नगरपालिका –४, छमर्केको एक होटलबाट स्ववियु सभापति शिशिर क्षेत्रीसहित ३ युवा पक्राउ परेका हुन् ।

बाग्लुङको चैते दशैं मेला हेरेर फर्किदै गरेका दुई युवतीसँगै बिहीबार दिउँसो ३ बजेदेखि खाजा खाँदै छमर्केस्थित न्यू सेवा गेष्ट हाउसमा बसेका शिशिर क्षेत्री,  सुजल श्रेष्ठ र सौगात शर्मा पौडेलले युवतीमाथि जबरजस्ती करणी गरेका हुन् ।

दुई युवतीमध्ये एक युवती भाग्न सफल भएकी र अर्की स्याङजा घर भएकी युवतीलाई भाग्न खोज्दा खोज्दै समातेर जबरजस्ती करणी गरेको बुझिएको प्रहरीले बताएको छ । भाग्न सफल युवतीले आफन्तहरुलाई खबर गरेपछि उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले खोजतलास गर्दा सोही होटलमा तीनै जना युवाहरुसहित एक युवतीसँगै बसेको अवस्थामा रङ्गेहात पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको छ । पीडित युवती र घटनामा संलग्न युवाहरुबीच यसअघि कतै पनि भेट तथा चिनजान नभएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पीडित युवतीका आफन्तहरुलाई बोलाएर जबरजस्ती करणी अन्तर्गत मुद्धा दायर गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी गराए । घटनामा संलग्न तीनै जना आरोपितलाई म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साभार नया पेज

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.