काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधसभाबाट दुईतिहाइभन्दा धेरै बहुमत पाएका छन्।
मंगलबार भएको विश्वासको मत लिने प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २६८ मत खसेको छ।
उनको प्रस्तावको विपक्षमा जम्मा दुई मत परेको छ। मत दिन्न भन्ने पक्षमा कसैले पनि मतदान गरेनन्।
आजको संसतमा जम्मा २७० सांसद उपस्थित थिए। संसदको अध्यक्षता गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले प्रचण्डलाई दुईतिहाइभन्दा धेरै बहुमत मिलेको घोषणा गरे।
Comments are closed.