Nepal's First Video FM

जहाज दुर्घटनामा घाइते प्रिन्सी धामीको उपचारका क्रममा निधन

528

चैत १६, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा सोमबार दुर्घटनाग्रस्त यूएस बंगलाको जहाज दुर्घटनामा परी घाइते बनेकी एमबीबीएस अध्ययनरत अछाम मंगलसेनकी प्रिन्सी धामीको निधन भएको छ ।

धामीको उपचारका क्रममा भारतको दिल्लीमा निधन भएको खबर सामाजिक संजाल फेसबुकबाट प्राप्त भएको छ । काठमाडौंको जमलमा रहेको भानुभक्त मेमेरियल स्कुलबाट एसएलसीमा डिस्टिङसन श्रेणीमा उत्तीर्ण प्रिन्सीले लैनचोरको निस्ट कलेजबाट विज्ञानमा ७४ प्रतिशत ल्याई उच्च मावि तह पास गरेकी थिइन् ।

बंगलादेशको राजीव रवेया मेडिकल कलेजबाट एमबीबीएस अन्तिम वर्षको परीक्षा सकेर घर बिदाका लागि धामी लगायत १३ जना विद्यार्थी र अन्य यात्रु र चालक दल गरी ७१ जना सवार जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा गम्भीर घाइते भएकी धामीको उपचारका क्रममा निधन भएको हो ।

स्रोत:sadakmedia

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.