Nepal's First Video FM

आजै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

15

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बेलुकासम्ममा मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

आइतबार मन्त्रिपरिषदलाई पूर्णता दिएर सोमबार पूर्ण मन्त्रिपरिषदको बैठक बस्ने गठबन्धनको तयारी छ । शनिबार ओलीसँग भएको छलफलपछि मन्त्रिपरिषद् विस्तारको सहमति जुटेको प्रधानमन्त्रीको भनाइ छ । मन्त्रिपरिषद्बारे छलफल गर्न शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका थियो ।

गत पुस ११ गते तीन उपप्रधानमन्त्री र चार मन्त्रीसहित शपथग्रहण गरेका प्रधानमन्त्री दाहालले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गरेका छैनन् ।

You might also like

Comments are closed.