माघे संक्रान्तिको अवसरमा आज नुवाकोटको विभिन्न स्थानहरूमो गोरु जुधाई मेला हुँदैछ। नुवाकोटको तारुकालगायत विभिन्न स्थानमा ४८ हल गोरु जुध्ने छन्। विजेताहलाई ५० हजार रुपैयाँसम्म नगद पुरस्कार राखिएको छ।
गोरु जुधाई मेलाको लागि गोरु दर्ता गराउने काम सकिएसँगै हल गोरु ठूला जुरो बनाउँदै मैदानमा उत्रिएका छन्। आइतवार नुवाकोटको तारुका (तारकेश्वर गाउँपालिका), बेत्रावती (विदुर नगरपालिका), पञ्चकन्या, लिखु, तादी गाउँपालिकालगायतका स्थानमा गोरु जुधाई प्रतियोगिता गरिँदै छ।
अन्य स्थानको भन्दा नुवाकोटको तारुका, चन्दनीको गोरु जुधाई मेला विशेष र चर्चित छ।
Comments are closed.