Nepal's First Video FM

आज अनमोलको जन्मदिन !

499

अहिलेका स्टार नायक अनमोल केसीको आज जन्म दिन परेको छ ।चलचित्र ‘होस्टेल’बाट नेपाली रजतपटमा भित्रिएका सदाबहार नायक भुवन केसी र नायिका सुस्मिता केसीका पुत्र अनमोल केसीको जन्म सन् १९९४ साल मार्च ३० गते बिहान ११.३० बजे ओम नर्सिङ्ग होममा भएको थियो ।

सदाबहार अभिनेता भुबन केसी र सुस्मिता केसीका एक्ला छोरा अनमोल आज लाखौ युवा युवतीको मनमा बस्न सफल भएका छन् ।नायक अनमोल केसी आज बाट २४ बर्ष पुरा भएर २५ बर्षमा लागेका छन् ।

साथी म तिमो’को एउटा गीत बाट नेपाली चलचित्रमा डेब्यू गरेका अनमोलले होस्टल ,जेरी,ड्रिम्स,गाजलु, ‘कृ’ जस्ता सफल चलचित्रमा अभिनय गरि सकेका छन् । हाल अनमोल नयाँँ चलचित्र ‘क्याप्टेन’को छायांकनको तयारीमा रहेका छन् । news24

You might also like

Comments are closed.