Nepal's First Video FM

सत्तामा फर्किने कांग्रेसको रणनीति कति सम्भब कति असम्भव ?

24

काठमाडौँ । नेपाली राजनीतिले लिएको नयाँ कोर्स अनुसार पेचिलो शक्ति संघर्षको उत्कर्ष अब बल्ल पो सुरु हुने देखिएको छ ।

जसअनुसार अब सबैको ध्यान शीतल निवासतिर केन्द्रित छ । अबको राष्ट्रप्रमुख को भन्दा पनि कस्तो व्यक्ति भन्ने विषयको बहसले यो पटक अलि धेरै स्थान पाएको देखिन्छ ।

विगतका अनुभवबा सिक्दै यो पटकको राष्ट्रपति चयनमा दलहरूले विशेष ध्यान दिनेछन् भन्ने अपेक्षा पनि गर्न सकिन्छ । विगतका विभिन्न सन्दर्भमा शीतल निवासले खेलेको भूमिका, पक्षधरता र त्यसले पारेको प्रभावका कारण देशले भोग्नुपरेको नियति बारे भुक्तभोगीहरू नै अब शीतल निवासको चापी कसलाई सुम्पने भन्ने बारेको निर्णायक तहमा छन् ।

साझा र सबैलाई स्वीकार्य हुने, आलांकारिक पदको गरिमा राम्ररी बुझेको र दलीय पक्षधरताभन्दा माथि उठेको, संविधान एवं लोकतन्त्रको रक्षामा कटिबद्ध रहेको व्यक्ति अबको राष्ट्रपति हुनुपर्ने आवाज सर्वत्र उठ्न थालेका छन् ।

You might also like

Comments are closed.