Nepal's First Video FM

वडा अध्यक्षकै संलग्नतामा सिमेन्ट चोरी

434

चैत १६, नवलपरासीको कावासोतीमा निर्माणाधिन पुलबाट जनप्रतिनिधिकै संलग्नतामा सिमेन्ट चोरी भएको छ । कावासोती नगरपालिका वडा नम्बर १ र देवचुली नगरपालिका वडा नम्बर ९ जोडने गरी निर्माणाधिन लोकाहाको भोटीखोला पुलको सिमेन्ट वडा अध्यक्षकै संलग्नतामा चोरी भएको हो ।

पुल निर्माणका लागि राखिएको ९० बोरा सिमेन्ट कावासोती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नारायण पन्तकोे संलग्नतामा पुल निर्माणमा खटिएका सुपरभाइजर गोपाल थापासहितका व्यक्तिले मिलेमतो गरी चोरी गरे पछि स्थानीयसमेत आक्रोशित बनेका छन् । पुल निर्माणकै क्रममा सिमेन्ट चोरी भएपछि पुल निर्माणको कार्यसमेत प्रभावित भएको छ ।

पुल निर्माणका लागि बसेका सुपरभाइजर र वडा अध्यक्षको मिलेमतोमा चैत्र ११ गते राति चोरी भएको हो । पुल निर्माण स्थलमा सामाग्रीको सुरक्षका लागि बसेका व्यक्तिलाई स्टोरको चाबी खोल्न लगाई सिमेन्ट चोरी गरीएको हो ।

साभार उज्यालाे

You might also like

Comments are closed.