चैत १६, नेपाली संगीत क्षेत्रमा अभिनय गर्ने कलाकारहरुको कमि छैन तर आवाश्यक शिक्षा लिएर अभिनयमा प्रबेस गर्नेहरुको अत्याधिक चाप छ।त्यसैले पनि होला राम्रो र उत्कृष्ट अभिनय भएका कलाकारहरुको प्रतिभा लुकिरहेको पाइन्छ। राम्रोलाइ भन्दा हाम्रोलाई बढी स्थान दिने यो संगीत क्षेत्रमा पछिल्लो समयमा नया कलाकारहरुको खासै जन्म हुन सकेको छैन र हुने ठाउँ पनि रोकिएको छ।
चाहना तिब्र हुदा पनि त्यो चाहनालाई लुकाएर बस्ने नव कलाकारहरुको स्थिति छ।आर्थिक अभाब र आफु संग भएका सक्षम कलालाई प्रस्तुत गर्न नसक्दा पनि होला सोचे जस्तो उपलब्धि पछिल्लो समयमा संगीत क्षेत्रमा देखिन्न।सोहि भुमरीमा हाम फाल्न अर्की एक सुन्दरी नव मोडलको जन्म हुन् लागेको छ।चलचित्र क्षेत्रमा आफुलाई नायिका बनाउने सपना देखेर भारतको एक प्रतिष्ठित बिद्यालयमा अभिनय सिकेर नेपाल फर्किएकी नव मोडल रिया क्षेत्री अब नेपाली चलचित्र क्षेत्रमा पनि आउने लक्ष लिएर अगाडी बढेकी छिन। चलचित्रकै लागि उनले १ दशक अभिनय सिकेको जानकारी दिईन।
सानै उमेर देखि यो क्षेत्रलाई रुचाउने भएको हुदा म र मेरो प्रतिभाको लागि परिवारले भारतमा अभिनय सिक्न पठाउनु भयो म अध्यान सहित अभिनयलाई संगै लिएर अगाडी बढेकी हु अब मेरो चाहना नेपालमै बसेर केहि गरेर देखाउने र चलचित्र क्षेत्रलाई नेपालमा पनि राम्रो चलचित्र बन्छ र चलचित्रलाई न्याय दिने पात्राहरु छन भन्ने बनाएर देखाउछु”रियाले भनिन।लगभग २१ बर्षकी रिया यो बेला आफ्नो अध्यान र अभिनय सिकेर नेपाल फर्किएकी हुन्।भारतमा जन्म भई हाल आफ्नै गृह जिल्ला नवलपरासीमा बस्दै आएकी रियाको अब केहि दिनमै आधुनिक गीतहरुको म्युजिक भिडियो आउने क्रममा छन।
फिगर देखि सबै मिलेको गोरो बर्णकि रियाको पारिवारिक अबस्था भने सामान्य छ।उनका परिवारले पनि रियालाई कलाकार बनाउन चाहन्छन तर चलचित्रको पछिल्लो अबस्था र करोडौ खर्चिएर पनि उपलब्धि सुन्यता देखिदा भने परिवारले हरेश समेत खाएको उनि बताउछिन।तर उनले आफ्नो क्षेमता देखाउन पनि हिम्मत नहारेको बताउछिन।उनि भन्छिन “एक दिन मलाइ पनि चिन्ने छ यो क्षेत्रले ढिलो चाडो पालो आउँछ,म आफ्नो कर्ममा विश्वास गर्छु फलको आस गर्दिन बोट रोप्ने हो फल आफै फल्छ”।
साभार लालीगुराँस डटकम
Comments are closed.