चैत १६, प्रधानमन्त्री केपी शर्मा ओली यहिँ २३ गते भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भ्रमण गर्ने छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति एम भेनाकाही नाइडु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेट गर्नेछन् ।
मन्त्रालयले उनको भ्रमण राजकीय हुने बताएको छ । भारतले भने ओलीको भ्रमण चैत २४ देखि २६ सम्मका लागि प्रस्ताव गरेको थियो ।
Comments are closed.