Nepal's First Video FM

उपराष्ट्रपति राष्ट्रपति सँगै बसेपछि विवाद

496

चैत १७, संसदीय अभ्यास र परम्पराविपरीत उपराष्ट्रपतिलाई राष्ट्रपतिसँगै बिहीबार संसद्मा आसन गराइएपछि विवाद सुरु भएको छ। विगतमा राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्दा उपराष्ट्रपतिलाई संसद्को बाल्कोनीमा विशिष्ट कुर्सीमा आसन गराइन्थ्यो। बिहीबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई भने राष्ट्रपति भण्डारीसँगै कुर्सी राखेर आसन ग्रहण गराइएको थियो।

संसदीय अभ्यास र परम्पराविपरीत उपराष्ट्रपतिलाई आसन गराइएको भन्दै संसद्का जानकारहरूले आश्चर्य व्यक्त गरेका छन्। ‘संसद्को अभ्यास र परम्परा कानुनसरह हुन्छ’, संसद्का जानकार एक नेताले भने, ‘एकाएक परम्परा किन भत्काइयो छक्क परेका छौं।’

संसद्मा राष्ट्रपतिले सम्बोधन गर्दा उपराष्ट्रपतिलाई कसरी आसन गराउने विगतमा संसद्का महासचिव मनोहरप्रसाद भट्टराई नेतृत्वको टोलीले भारतलगायत विभिन्न देशको स्थलगत अध्ययन गरेको थियो। भारतमा उपराष्ट्रपतिले माथिल्लो सदनको अध्यक्षता गर्ने चलन रहेको र अन्य देशमा उपराष्ट्रपतिलाई राष्ट्रपतिसँगै अध्यक्षता गराउने चलन नरहेको भन्दै समितिले प्रतिवेदन तयार पारेको थियो।

अन्नपूर्ण पोस्ट

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.