चैत १७, घोराही-तुलसीपुर रुटमा चल्ने सार्वजनिक यातायात बस, माइक्राे बसका चार जना सहचालकलाई जबर्जस्ती यात्रु तानेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। आफ्नो गाडीमा बसाल्न सहचालकले करकापमा यात्रु तानातान गर्ने क्रम बढेको गुनासो आउन थालेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा पुरन जीसी, अर्जुन चौधरी, शरद पुन र महेश भण्डारी रहेको प्रहरीले जनाएको छ। यात्रुवाहक बस र हायसमा चढ्ने यात्रुलाई तानातान गरी दु:ख दिने, अलपत्र पार्ने, व्याग खोस्ने, यात्रुकाा सामान अलपत्र पार्नेजस्ता कार्यविरुद्ध प्रहरीले निगरानी बढाएकाे छ।
Comments are closed.