Nepal's First Video FM

केपी ओलीको आरोप- प्रचण्डले एमालेको रकम खाए पिए तर, हिसाबकिताब बुझाएनन्

148

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग नेकपा एमालेको एकता पानी र तेलको जस्तो बनेको बताएका छन् । नेकपा निर्माणपछि पनि प्रचण्डले आफ्नो पार्टी जीवितै राखेको उनको आरोप छ ।

जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘माओवादीसँग एकता भनिए पनि वास्तविक एकता भएन । तेल एकातिर पानी अर्कोतिर भयो । मिक्स अप नै हुन सकेन हुनै दिइएन । प्रचण्डले आफ्नो पार्टीका बैठकहरु गरिरहे । आफ्नो पार्टी जीवितै राखिरहे ।’

प्रचण्डले एमालेको खाएको तर हिसाबकिताब नबुझाएको ओलीको अर्को आरोप थियो ।

You might also like

Comments are closed.