Nepal's First Video FM

नेपाल पत्रकार महासंघले ६३औं स्थापना दिवस मनाउँदै

349

चैत १७, पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आज स्थापना दिवस मनाउँदैछ । ६३औं स्थापना दिवसको अवसरमा महासंघले देशभरका विभिन्न ठाउँमा कार्यक्रम गर्दैछ । काठमाडौँमा पत्रकामहासंघका पूर्व सभापतिलाई सम्मानसहितको कार्यक्रम राखिएको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले शुभकामना दिदै श्रमजीवी पत्रकारको हकहितका लागि पत्रकारमहासंघ प्रतिवद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्ने र त्यसै अनुसारको नीति अनुरुप सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका लागि उहाँले सरकारसँग माग गर्नु भएको छ । उहाँले विज्ञप्तीमा समानुपातिक विज्ञापन नीतिको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको गर्न पनि ध्यानआकर्षण गराउनु भएको छ ।

स्थापना दिवसका अवसरमा महासंघ केन्द्रीय कार्यालयमा विहान १० बजे महासंघका पूर्वसभापति तथा अध्यक्ष ज्यूहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । दिउँसो २ः०० बजेदेखि ५ बजेसम्म चियापान कार्यक्रमको आयोजना गरेको छ । २०११ साल चैत १६ गते महासंघ स्थापना भएको थियो ।

एन अार एन बाट

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.