समीर प्रकाश पाण्डे
अर्घाखाँचीमा जन्मिएर पछिल्लो समयमा नेपाली गीत सङ्गीतमा क्रियाशील कुशल गायिका शर्मिला रायमाझिको नयाँ लोक दोहोरी गीत “गोली” हालै मात्र सार्वजनिक सँगै चर्चा बटुल्ने क्रममा छ उनको यो भन्दा पहिलाको गीत “ जिरो फिगर वालि ” बाट पनि राम्रै सफलता मिलेको थियो ।
शर्मिला रायमाझी अनि राजु आर डीको स्वर अनि शब्द सङ्गीत शर्मिला रायमाझीको रहेको गीतको भिडियो पनि निकै दमदार बनेको छ ।
सहारा फिल्मस एण्ड इन्टरटेन्मेटको ब्यानरमा निर्माण भएको भिडियोलाई सिबन पोख्रेलको निर्देशन अनि मुकेश हुमागाइको छायाङ्कनमा अधिनायक मान सेरचनले सम्पादन गरेका छन् ।
चर्चित मोडेल शङ्कर बिसी अनि एलिना रायमाझीको दमदार अभिनय रहेको गीतलाई गोर्खा चौतारी म्युजिक प्रा.लीले बजारमा लिएको हो ।
Comments are closed, but trackbacks and pingbacks are open.