Nepal's First Video FM

नेता खुम बहादुर खड्काको मृत्युको रहस्य खुल्यो,

448

पाली कांग्रेसका नेता खुमबहादुर खड्काको भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको छ। फागुन ६ मा उपचारका लागि नयाँ दिल्लीको एपोलो अस्पताल लगिएका खड्कालाई ‘माइल्ड स्ट्रोक’ भएको थियो।

फागुन ४ मा उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको डाक्टरले बताएपछि उनलाई फागुन ६ मा दिल्ली लगिएको थियो।

एपोलो अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेन र शुक्रबार साँझ मृत्यु भयो।
२ वर्षअघि खड्काका दुवै मिर्गौला फेल भएका थिए। त्यो समय पनि दिल्लीस्थित एपोलो अस्पतालमै उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसबेला खड्कालाई उनकी भाञ्जीले मिर्गौला दान गरेर जोगाएकी थिइन्।
खड्काको स्वास्थ्य अवस्था गत मंसिरदेखि नै कमजोर बन्दै गएको परिवार स्रोतले जनाएको थियो।

स्ट्रोक के हो?
मानव शरीरका महत्वपूर्ण अंगमध्ये मस्तिष्क पनि एक हो। मस्तिष्कलाई गाडीको इन्जिनसँग दाँजेर हेर्न सकिन्छ। यसमा हरेक पल पर्याप्त मात्रामा रगत र अक्सिजन सञ्चार हुनुपर्छ। क्षणभरको लागि मात्र मगजमा रगत र अक्सिजन कमी भएमा यसका कोषहरू क्रमशः सुक्दै जान्छन् र अन्त्यमा तन्तुको मृत्यु हुन्छ। तन्तु मर्दै जाँदा यसका विभिन्न भागले काम गर्न छोड्दै जान्छ र पक्षघातको अवस्थामा पुग्छ।
यस्तो समस्या वा रोगलाई स्ट्रोक वा पक्षघात भनिन्छ। स्ट्रोकको प्रमुख कारण मस्तिष्कमा आवश्यक रगत र अक्सिजन सञ्चारमा कमी हुनु हो। रक्तनली साँघुरो भएर रगत बग्ने बाटो बन्द हुँदा रक्तसञ्चार कमी हुन्छ। मस्तिष्कमा रक्तसञ्चार नपुगेमा मस्तिष्क पनि सुकेर जान्छ। रक्तनली जाम हुनुका कारण नली खुम्चिएर साँगुरो हुनु अथवा कणले रक्तनली बन्द हुनु हो।
जुनसुकै कारणले रक्तनली जाम भए पनि मस्तिष्कमा रक्तसञ्चार कम भई स्ट्रोक हुन सक्छ।

You might also like

Comments are closed.