चैत्र १७,शुक्रवार उपचारका क्रममा नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएका काँग्रेस नेता खुम बहादुर खड्काको शव शनिबार राती ल्याइने भएको छ । खड्काको शव शनिबार राती ९.०० बजेको फ्लाईटमा दिल्लीबाट काठमाडौ ल्याइने भएको हो ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पार्टी प्रवक्ता विश्वोप्रकाश शर्माले दिनुभएको जानकारी अनुसार नेता खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि आइतवार नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा ९.०० बाट १.०० बजेसम्म राखिने तयारी भएको छ।
आइतवारनै ११.०० बजे केन्द्रीय समितिको बैठक श्रद्धाञ्जली एवं शोक प्रस्ताव गरनेछ । त्यसपछि उनको अन्तिम संस्कारको लागि अपरान्ह ३ बजे पशुपति आर्यघाट लगिनेछ ।
भारतमा उपचारका क्रममा शुक्रवार निधन भएका खड्काको अपोलो अस्पतालमा ३९ दिनदेखि उपचार भइरहेको थियो। खड्काको पार्थिव शरीरलाई नेपाल ल्याउनु अघी अस्पतालको कतिपय प्रक्रिया पुरा गर्न शनिवार दिउँसोसम्मको समय लाग्ने भण्डारीले बताए। अस्पतालको प्रक्रिया सकाएपछि शनिवार नै नेपाल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।
Comments are closed.