Nepal's First Video FM

सरकारलाई रविन्द्र मिश्रको चेतावनी ! पढ्नुहोस्

554

चैत्र १७,विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले हिजो नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीले ज्यादती गरेको आरोप लागाएका छन्। बुधबार काठमाडौं उपत्यकाको सडक विस्तार, फास्ट ट्रयाक, बाहिरी चक्रपथ निर्माणपीडितहरुको बुधबार राजधानीको माईतीघर देखि नयाँ बानेश्वर सम्म विरोध प्रदर्शन गरेका थिए। त्यसैक्रम विरोध प्रदर्शनका क्रममा बानेश्वर आई पुगेपछि प्रदर्शनकारी केहि आक्रामक बन्न खोजेपछि प्रहरी र प्रदर्शनकरीबीच झडप भएको थियो।

झडप हुँदा भिड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेपछि प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। झडपमा २ प्रदर्शनकारी र केहि प्रहरी सामान्य घाईते भएका थिए। यसै घटनालाई देखाउँदै संयोजक मिश्रले प्रहरीले प्रदर्शनकारी माथी ज्यादती गरेको र अबको सरकारमा नेपाल प्रहरीको यस्तो ज्यादती नहोस भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिएका छन्। मिश्र लेख्छन्, ‘अबको नेपालमा सरकार/प्रहरीको यस्तो ज्यादती देख्न नपरोस्! शान्तिपूर्ण प्रदर्शन गर्न पाउनु लोकतन्त्रको सौन्दर्य हो। सरकारले सडक विस्तार कहाँ आवश्यक हो-होइन राम्ररी अध्ययन गरी निर्क्यौल गर्ने, सडक विस्तार अभियानका पीडितहरूलाई कानूनअनुरूप र उचित क्षतिपूर्ति दिने तथा सम्पदाहरूको संरक्षण सुनिश्चित गर्ने काम गर्नै पर्छ।’

संयोजक मिश्रले फेसबुकमा लेखेको यस स्टाटसमा थुप्रै कमेन्टहरु मिश्रको आलोचना र समर्थन सहित आएका छन्। जसमा कतिले त उनलाई पत्रकार हुँदा एउटा तेवर र राजनीतिज्ञ भएपछि अर्को तेवर देखाएको आरोप लगाएका छन्। लोकेन्द्र खड्का नामका एक फेसबुक प्रयोगकर्ताले लेख्छन् , ‘राजनीति भन्ने चिज नै बडो गजबको हुदो रहेछ। राजनीतिमा प्रवेश गर्नु पुर्व एक किसिम विचार तथा धारणाहरु सार्वजनिक हुन्थे भने अहिले अचम्मका विचारहरु सार्वजनिक भैरहेका छ रबिन्द्र मिश्र ज्युका!! बिकास गरेन पनि भन्ने बिकास गर्न खोज्यो घरजग्गा सम्पदाका कुरा आउने यो कसरी संभव हुन्छ??

उक्त प्रदर्शनमा उत्रेका उपत्यकावासीले ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा पहिचानलाई रक्षा गर्नुपर्ने, जनतालाई विस्थापित बनाउने गरी बनाइएको पञ्चातकालीन मापदण्ड खारेज गर्नुपर्ने, संविधानको धारा २५ र ३७ विपरीत हुने गरी पीडित र प्रभावितसँग मञ्जुरी नलिइ सडक विस्तार र नागरिकलाई दीर्घकालीन प्रभावपार्ने कुनै काम नगर्न माग गरेका छन् ।

nepalkosanchar

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.