Nepal's First Video FM

प्रधानमन्त्रीको भारत भ्रमण अगाडी पार्टी एकता नहुने ! पढ्नुहोस

409

१७ चैत्र । सत्तारुढ दल नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले एमाले र माओवादीबीच चाँडोभन्दा चाँडो एकता हुने स्पष्ट पारेका छन् ।

उनले छिटै एकीकरण हुने बताएपनि मिति भने उल्लेख नगरेका रावलले प्रधानमन्त्रीको भारत भ्रमण अघि भने पार्टी एकीकरण नहुने स्पष्ट पारेका छन् । शनिबार धनगढी बिमान स्थलमा पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष रावलले सो कुरा बताएका हुन् ।

दुबै पार्टीद्वारा गठीत समितिहरुले आ आफ्नो काम तीब्र गतिमा गरिरहेको र केही दिनमा पार्टीको उच्चस्तरीय प्रतिवेदन संयन्त्रमा बुझाएपछि पार्टी एकीकरण हुने रावलको भनाइ थियो ।

You might also like

Comments are closed.