Nepal's First Video FM

ओलीले दिए विप्लपलाई ठाडो चेतावनी ! पढ्नुहोस्

587

१७ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक मजाक नगर्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई आग्रह गरेका छन् ।

आफू र प्रचण्डको नाममा वारेन्ट जारी गरेको भनेर विप्लवले केटाकेटी खेल खेलेको उनले बताए ।

‘केपी ओलीलाई वारेन्ट जारी अरे । कुन्नी कुन गाउँमा सात दिनभित्र हाजिर हुन आउनू रे’ शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘म विप्लवलाई यसप्रकारका राजनीतिक मजाकहरु नगर्न सुझाव दिन चाहन्छु ।’

अघि भने, ‘अलि बढ्ता भो क्या ।’

सार्वभौमसत्ता जनतामा आइसकेको भन्दै उनले शोखका लागि क्रान्तिकारी नहुन आग्रह गरे । ‘कहाँका कुन थोत्रा किताब पढ्छन् मान्छे । सुतली बम सिद्धान्त हुन्छ ?’ उनले भने, ‘नचाहिने कुराका पछाडि कुदेका छन्, यो उचित होइन ।’

प्रधानमन्त्री ओलीले अघि भने, ‘चन्दा उठाउनका लागि सिद्धान्त र क्रान्तिका गफ दिने ?’

ठट्टा मजाक गर्ने हो भने मदनकृष्ण-हरिवंश, धुर्मुस-सुन्तलीको प्रहसनमा सहभागी हुन आग्रह गरे । उनले भने, ठट्टा मजाक गर्ने भए मदनकृष्ण हरिवंशजीहरु सँग आए हुन्छ । म पनि सिफरिस गरिदिन्छु । धुर्मुस सुन्तलीलाई पनि भनिदिउँला ।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय अखण्डतामाथि प्रश्न उठाउन र सामाजिक सद्भाव खण्डन हुन नदिने बताए । माओवादी जनयुद्ध भएका बेलासम्म च्याँखे थाप्नु ठीकै भएपनि अब खाल उठिसकेको भन्दै उनले भने, खाल उठि्सक्यो । फेरि च्याँखेहरु … म ख्याचेहरुलाई भन्न चाहन्छु, यो बन्द गर ।’

विदेशीका कुरा नेपालीको मुखबाट आउनु दुःखद भएको भन्दै उनले भने, ‘सँधै स्वाधिन रहेको देश टुक्र्याउँछु भन्ने ? यस्ता क्रियाकलाप सैहृय हुन सक्दैन ।’

युरोपेली युनियनतर्फ संकेत गर्दै उनले अलिअलि आवाज कहाँबाट आएको छ ? स्वीच कहाँ छ ? हेर्ने बताए । उनले भने, म सबैलाई भन्न चाहन्छौं, नेपालीहरुलाई नेपाली भएर बस्न दिनुस् । नेपाल एकतावद्ध हुन चाहन्छ, सम्बृद्ध हुन चाहन्छ ।’

You might also like

Comments are closed.