केहि दिन देखि सामाजिक संजाल रेडियो, टेलिभिज पत्र पत्रिक रबि लामिछानेमय भएको छ कारण थियो उनको नागरिकता बिसय गृहमन्त्री र संसद पद गुमाएका कारण उनको चर्चा र आलोचन दुवै भैरहेको छ
यति सम्म भयो कि आज त् जुम्लामा एक युवकले रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै आत्मदाहको प्रयास समेत गरेका छन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि शरीरमा पेट्रोल छर्किएका उनले लाइटर पार्ने प्रयास गर्दै गर्दा प्रहरीले उद्धार गरेको छ ।
बिहीबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै रविले आफू अभिमन्यु नभएको बताए, अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो।
महाभारतका एक पात्र हुन् अर्जुनका पुत्र अभिमन्यु महाभारतको युद्धमा कौरवहरूको चक्रव्युहभित्र पसेका थिए तर उनलाई चक्रव्युहबाट निस्किने उपाय थाहा थिएन। त्यही भएर चक्रव्युहभित्र उनको हत्या भएको थियो।
साहेद तिनै पात्रलाई उल्लेख गर्दै लामिछानले आफू त्यस्तो नभएको बताएका हुन् सक्छ
सरकार बाट बाहिरिने चेतावनी नै दिसकेका छन् तर सरकार छाड्ने कि नछाड्ने भन्ने निर्णय लिन रास्वपाको बैठक डेढ घण्टादेखि जारी
नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता राख्नुपर्ने बताएको छ । मुद्दाकोको पूर्णपाठ आएको छैन मुद्दा सिद्धिएको पनि छैन । मन्त्रीमण्डलमा के गर्ने भन्ने निर्णय गर्न बाँकी नै छ । त्यसकारण त्यो बिषय हाम्रोलाई चर्चाको होइन । प्रवक्ता कृष्णबहादुर महरा भन्छन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको बेला भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी लाई नै दिनुपर्ने बताएका छन् ।
हामीले गृह मन्त्रालय रास्वपालाई दिएको हो । अदालतको पूर्णपाठ किन चाहियो ?’ उनले यो छलफल गर्नुपर्ने विषय नै नभएको बताए । ‘छलफल भइरहेको छ, तर खटपट छैन’ ओलीले भने, ‘यो छलफल गर्नुपर्ने विषय पनि होइन ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नभई हुन्न भनेर अप्ठेरो पारेको बताएका छन् । बैठकमा प्रचण्डले रास्वपाको अडानले सत्ता गठबन्धन अप्ठेरोमा परेको बताएका एक नेताले जानकारी दिए ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ ले अहिले सबैभन्दा ठुलो भ्रष्टाचार स्वास्थ्य क्षेत्रमा देखा पर्न थालेको टिप्पणी गरेका छन् । बिहीबार कपिलवस्तुको शिव गढीमा आयोजित एक कार्यक्रममा बोल्दै विप्लवले सो कुरा बताएका हुन् । महासचिव चन्दले स्वास्थ्य क्षेत्र राज्यले जिम्मा नलिँदा सामान्य रोगबाट समेत जनताको ज्यान गइरहेको बताए ।
नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अरुणकुमार चौधरी पक्राउ परेका छन् । १० वर्ष अघिको आगजनीको घटनामा अदालतबाट दोषी ठहर भएका चौधरीलाई फैसला कार्यान्वयनका लागि बाँके प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
सोही घटनामा कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो । तर प्रहरीमा फरार सूचीमा रहेका चौधरी पक्राउ परेका थिएनन्
सरकरले २६ जना सहसचिवको सरुवा गरेको छ । सरुवामा हुनेमा अर्थ मन्त्रालयका ६ सहसचिव पनि छन् ।
हाल अर्थ मन्त्रालय मातहत कार्यरत सहसचिवहरू बाबुराम सुवेदी, केदारनाथ शर्मा, भुपाल बराल, रमेशकुमार केसी, जितेन्द्र बस्नेत र अज्ञराज कोइरालाको सरुवा भएको छ ।
काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख राजु पाण्डेमाथि छानबिन समितिले शारीरिक हिंसा नगरेको ठहर गरको प्रतिवेदन बुझाएको छ। । महानगरले पुस ८ गते छानबिन समिति गठन गरेको थियो र समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। महिला प्रहरीले दुर्व्यवहारको उजुरी गरेपछि पाण्डेमाथि तत्काल छानबिन सुरू गर्नुपर्नेमा महानगरले उल्टो उनलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो।
महानगरको २८ औं स्थापना दिवसका अवसरमा मंसिर २९ गते पाण्डेलाई ‘महानगर गौरव’ पुरस्कार दिइएको थियो।
बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो ।
नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढ्ने क्रम जारी छ।
बिहीबार सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड राखेको छ। यो मूल्य हालसम्मकै उच्च हो। सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँ पुगेको थियो।
Comments are closed.