काठमाण्डौ।
नेपाली पत्रकारितामा छोटो समयमै लाखौको रोजाई बनेका रेडियो कर्मी तथा पत्रकार कमल सरगम सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सम्मानित भएका छन।काभ्रे जिल्लाको अति दुर्गम भेग कोशिपारीको चौरी देउराली गाउँ पालिका,माझिफेदमा जन्मिएका सरगम सानै देखि पत्रकारितामा रुची राख्दाथे।
गीत संगीतमा समेत अब्बल सर्जकको दर्जा पाएका सरगमका केहि गीतहरु सुपरहिट छन।उनि एक साहित्यकार पनि हुन्।परिवर्तन सरगम साहित्य प्रतिष्ठानका सस्थापक अध्यक्ष समेत रहेका सरगम हाल सिटिजन एफएम ९७.५ मा बिहानी लोकदोहोरी बिशेष कार्यक्रम “हाम्रो भाका”चलाउने गर्दछन भने बिभिन्न ठुला अनलाइन पत्रिकाहरुमा समेत उनि कार्यरत छन।
२२ बर्षकै उमेरमा ठुलो सफलता प्राप्त गरेको भन्दै पत्रकार ऋषि धमलाको अध्यक्षतामा संचालित रिपोर्टस क्लबबाट २० औ बार्षिक उत्सबको अबसरमा सरगमलाई सम्मान गरिएको हो।माओवादी केन्द्रका अध्यक्ष साथै पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्ड र ओलीको हातबाट एक साथ् सम्मानित् सरगम भन्छन “मलाइ थप जिम्मेवारी थपिएको छ।म आफु सधै शंघर्ष र कर्ममा बिश्वास गर्ने गर्दछु त्यसैले पनि होला आज मेरो लागि यो जीवनकै खुसीको क्षेन भयो”।
Comments are closed.