चैत्र १८, प्रधानमन्त्री केपी शार्मा ओलीले नेपाली कांग्रेसप्रति व्यङ्ग्य गर्दै देशमा अधिनायकवाद ल्याउने बताएका छन् ।
कोही पनि जनता भोकभोकै मर्न पर्ने अवस्थाको अन्त्य हुने दाबी गर्दै ओलीले जनताको हितमा गरिएको काम नै विपक्षीहरुलाई अधिनायकवाद जस्तो लाग्न सक्ने बताए ।
“कोही पनि खान नपाएर मर्नु पर्दैन भन्दा किन आत्तिन्छन् ? यस्तो प्राकृतिक रुपले उर्वर देशमा कसैलाई पनि भोकै मर्न दिन्न ।” ओलीले भने ।
देशमा अनुभूति गर्न सक्ने गरी सरकारले काम गर्ने दाबी गर्दै ओलीले भने, “यो देशमा सरकार छ कोही मर्नु पर्दैन । जाडोमा शितलहरमा एउटा कम्बल नपाएर कोही मर्दैन । जनता भोकले मर्दै छ भन्दा मन पोल्ने सरकार छ, त्यसैले अब हामी चुप लागेर बस्दैन । म देशको प्रधानमन्त्री छु । कम्बल ओढ्न नपाएर शितलहरले मर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । मेरो कुरा सुनेर कतिपयको मन पोलेका होला । अधिनायकवाद आउने नै भयो भन्ने लागेको होला ।”
Comments are closed.