Nepal's First Video FM

किन प्रधानमन्त्री ओलीले पत्रकरलाइ यसो भने ? पढ्नुहोस

418

१७ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको २०औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वाम सरकारले अधिनायकवाद ल्याउँछ र प्रेस स्वतन्त्रता हनन गर्छ भन्नु हल्लामात्रै हो भन्नुभयो ।

“वाम सरकारले सञ्चारमाध्यमलाई अनुचित थिचोमिचो गर्छ भन्ने हल्लामात्रै हो, त्यसको पछि नलाग्न म आग्रह गर्छु, सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति लक्षित गर्दै जनतालाई बम, बारुद र चन्दा आतङ्क मच्चाएर जनतालाई दुःख नदिनसमेत आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जनतामा राजनीतिकमात्र नभई सामाजिक र आर्थिक जागरण आवश्यक रहेको भन्दै त्यसका लागि अब सबैको व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने, जनतामा विकास निर्माणका योजना सञ्चालन गर्ने, आधुनिक प्रविधिको अवलम्बन गर्ने योजनामा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

“म छिट्टै भारत भ्रमणमा जाँदैछु, भ्रमणबाट नेपाल र भारतको सम्बन्ध अझै प्रगाढ र सुमधुर हुनेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । भारत र चीन दुवैले नेपाललाई सहयोग गर्ने प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो । कार्यक्रममा रिपोर्टर्स क्लबले प्रधानमन्त्री ओलीलाई अभिनन्दन पनि गरेको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.